अन्तर्राष्ट्रिय

मोजाम्बिकमा १५ सय कैदीहरू जेलबाट भागे


काठमाडौं – मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय कैदीहरू जेलबाट भागेका छन्। त्यहाँ सम्पन्न निर्वाचनको परिणामलाई लिएर झडप भइरहेको समयमा नै सो आक्रमण भएको हो। प्रहरीले दिएको जानकारी अनुसार सुरक्षा गार्डसँगै भएको भिडन्तमा ३३ जना मारिए भने १५ जना घाइते भए। भागी सकेका १५० जनालाई भने फेरि पक्रिएको छ। गत अक्टोबरमा भएको निर्वाचनको परिणामको विषयमा त्यहाँ कानुनी लडाइँ चलिरहेको थियो। अदालतले सन् १९७५ देखि सत्ता चलाइरहेको फ्रेलिमो पार्टीले नै जित हात पारेको निर्णय भएपछि धेरै अशान्ति भएको हो।