Breaking

एमाले सचिवालय बैठक : भिम रावललाई साधारण सदस्यबाट हटाउने निर्णय


काठमाडौं —नेकपा एमालेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको पार्टिको सचिवालय बैठकले भिम रावललाई हटाउने निर्णय गरेको हो । त्यस्तै स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेको ४ कात्तिकमा बसेको सचिवालय बैठकले तीनै जनालाई स्पष्टिकरण सोधेको थियो । पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यतिबेला एमालेले स्पष्टीकरण सोधेको थियो ।