काठमाडौं — भारतिय चर्चित गायक सोनु निगमको कन्सर्टमा राखिएका मदिराजन्य पदार्थका बोर्ड काठमाडौं महानगरपालिकाले हटाएको छ । बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ साङ्गीतिक कार्यक्रमलाई लक्षित गरी राखिएका मदिराजन्य पदार्थका बोर्ड काठमाडौं महानगरपालिकाले हटाएको हो ।
काठमाडौं महानगरपालिका–६ स्थित हायात ग्राउन्डमा बुधबार नै हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो । मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीतिअन्तर्गत ती बोर्डहरू हटाइएको हो मेयर बालेन्द्र साहको सचिवालयले जनाएको छ। सोनु उक्त कन्सर्टका लागि बुधबार नै नेपाल आएका हुन् ।
प्रतिक्रिया