समाचार

कवाड व्यवसायीले महानगर घेराउ गर्ने


कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउगर्ने भएको छ । समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर घेर्ने जानकारी दिएको हो ।

महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै उनीहरूले आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएका छन् । पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए ।

काठमाडौं महानगर प्रहरीले कवाड व्यवासायीलाई दुःखदिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइज्जती गरेको भन्दै उनले गुनासो गरे । अदाललते कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको विपरीत काम गरिरहेको उनले बताए ।