Breaking

नेपाली काँग्रेसले जति काम अरु कुनैपनि पार्टीले गरेको छैन : कृष्णप्रसाद सिटौला


काठमाडौं — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली काँग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गरेका छन् । बुधवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताए ।

उनले संविधान सभाको कुरा नेपाली काँग्रेसले २००७ साल मै उठाएको दाबी गरेका छन् । उनले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्ल्ेख गरे । निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध काँग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताए । पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै उनले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए।