काठमाडौं — आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए । उनीहरुको हत्या कुलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको स्वयं उनले स्वीकार गरिसकेका छन् । मृतकहरुलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ति दिए । दाहसंस्कारपछि षडानन्द नरेफाँटस्थित मनहरास्थित किरियापुत्री भवनमा काममा बसेका छन् । कुलप्रसादकी पत्नी रेजिना पनि श्रीमानको किरियामा छिन् ।
Breaking
प्रतिक्रिया