समाचार

प्रेसमाथि अंकुश लगाउने कानून बन्न नदिने सभामुखको प्रतिबद्धता


काठमाडौं — सभामुख देवराज घिमिरेले प्रेसमाथि अंकुश लगाउने कानून बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अंकुश लगाउनेगरी कानून नबनाउने बताएका हुन्। सभामुख घिमिरे र निर्वाचन समितिका प्रमुख प्रा चिरन्जीवी खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई प्रमाणपत्र प्रदान गरे।