काठमाडौं — मंगलबार शेयर बजार १४.११ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.११ अंकले बढेर २६२६.३१ मा पुगेको हो । आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता खरिदबिक्री भएको छ भने ५ अर्ब २० करोड २२ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको छ । ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्क सर्किट लागेको छ । जसमा आत्मनिर्भर लघुवित्त, गुँरास लघुवित्त, सामुदायिक लघुवित्तको १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो । जानकी फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको आज २० करोड ७ लाख ४२ हजारभन्दा धेरैको कारोबार भएको छ । आज १६७ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बैँक / वित्त
प्रतिक्रिया