काठमाडौं —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ । उक्त कार्यविधिमा राप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ । साथै पार्टीको पद उपयोग गर्दा सामाजिक सञ्जालमा नाम प्रयोग गर्न नहुने राप्रपाले कार्यविधिमा समेटेको छ । उक्त कार्यविधिमार्फत पार्टीको निर्णय, विचार, मूल्य मान्यता, आदर्श र नीतिहरूलाई जनतामाझ पु¥याउने विषय पनि समेटेर सामाजिक सञ्जाल कार्यविधि ल्याइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राजनीति
प्रतिक्रिया