नेपालबाट सबैभन्दा ठूलो रकम पेट्रोलियम पदार्थ (इन्धन) आयात गर्दा बाहिरिने गरेको छ ।
चालू आर्थिक वर्ष ०८१र८२ को पहिलो पाँच महिनामा मात्र डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गर्दा नेपालबाट ९२ अर्ब ८५ करोड ६३ लाख ८८ हजार रुपैयाँ विदेशिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार ०८१ साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा उक्त रकम नेपालबाट बाहिरिएको हो । विगतको पाँच महिनामा नेपालले वस्तु आयात गर्दा सबैभन्दा बढी रकम डिजेल, पेट्रोल र एलपीजी ग्यासमा खर्च गरेको छ । विभागको तथ्यांकअनुसार उक्त अवधिमा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार रुपैयाँको डिजेल आयात गरेको छ । सोही समयमा २६ अर्ब ४५ करोड ४३ लाख ५७ लाख रुपैयाँको पेट्रोल नेपालले आयात गरेको छ ।
यस्तै, पछिल्लो पाँच महिनामा नेपालले २४ अर्ब २२ करोड ९१ लाख ६८ हजार रुपैयाँको एलपीजी ग्यास आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ को पहिलो पाँच महिनामा नेपालले एक खर्ब तीन अर्ब ११ करोड ७८ लाख पाँच हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको थियो ।
प्रतिक्रिया