समाचार

रविको बयान : सहकारीबाट जीबीले पैसा ल्याएको थाहा थिएन


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम कुनै सहकारीबाट आएको भन्ने दस्तावेज नरहेको भन्दै बयान दिएका छन् ।

उनीसहितका व्यक्तिविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर लामिछाने आफूमाथि लागको आरोपको इन्कार गर्दै बयान दिएका छन् । जीबीले सहकारी संस्थाबाट पैसा ल्याएको जानकारी आफू पदमा रहुन्जेलसम्म नदिएको उनको बयान छ ।