Breaking

रविविरुद्ध मुद्दा दायर भएको जानकारी सहितको पत्र संसद सचिवालयलाई पठाउने


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध मुद्दा दायर भएको जानकारी सहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले संसद् सचिवालयलाई जानकारी सहित पत्र पठाउन लागिएको न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । कुनै पनि सांसद विरुद्ध भएको कामकारबाहीका सम्बन्धमा सम्बन्धित निकायले संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने कानुनी व्‍यवस्था छ ।