अन्तर्राष्ट्रिय

टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


काठमाडौं —टर्कीको दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन् । उडान भर्ने क्रममा अस्पतालको चौथो तल्लामा ठोक्किएर हेलिकप्टर भुईँमा खसेको र दुर्घटनामा दुई पाइलट, एक चिकित्सक र एक कर्मचारीको मृत्यु भएको छ । एनटिभी टेलिभिजन च्यानलले प्रसारण गरेको तस्बिरमा देखाइएझैं मुग्लाको अस्पतालको छतबाट उडान गरी अन्टाल्या शहरतर्फ जाँदै गरेको हेलिकप्टर उडानका लागि उपयुक्त भिजिभिलिटीको कारण दुर्घटना भएको देखिन्छ ।

टर्कीका सञ्चार माध्यमका अनुसार हेलिकप्टर उडेको केही मिनेटपछि कुहिरोमा डुबेको र त्यसपछि अस्पतालको छेउमा रहेको खाली खेतमा खसेको थियो । टर्कीको दक्षिणपश्चिमी इस्पार्टा प्रान्तमा सेनाको प्रशिक्षण अभ्यासका क्रममा दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा छ सैनिकको मृत्यु भएको दुई साता नबित्दै उक्त दुर्घटना भएको हो ।