Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

लगातार घट्दै नेप्से


काठमाडौं — आइतबार सेयर बजार (नेप्से) परिसूचक १३.५३ अंकले घटेको छ । पछिल्लो समय बजार लगातार घट्दै गएको छ । आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको छ । आइतबार १५४ कम्पनीको मूल्य घट्यो । यसमध्ये सप्तकोशी विकास बैंक, माईखोला हाइड्रो, गरिमा विकास बैंक लगायत कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो । तर ८४ कम्पनीको मूल्य बढेको छ । आइतबार सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्याग्दी हाइड्रोपावर र सुपरमादी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर लिमिटेडको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आइतबार कुल ३१९ कम्पनीको सेयर खरिदबिक्री भयो । ९१ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५१ करोड ८३ लाख मूल्यको सेयर कारोबार भएको छ । आइतबार उत्पादन तथा प्रशोधन उपसमूहका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखियो । यो उपसमूहको सूचक १.५७ प्रतिशतले बढेको छ ।