Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

दबावमा कुलमान, सुरु भयो लोडसेडिङ, भारतले किन काट्यो बिजुली ? (भिडियो)


काठमाडौं । देश विद्युत बिक्रीको युगमा प्रवेश गरेको भाष्यकाबीच फेरि लोडसेडिङको चर्चा चुलिएको छ । हिउँदमा यसैपनि भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यताकाबीच उसैले खेलेको खेल र आन्तरिक उत्पादनमा आएको कमीले यो अवस्था सिर्जना भएको हो ।

जहाँ उद्योगीहरुले तालिकाबिनै अघोषित लोडसेडिङ गर्न नेपाल विद्युतप्राधिकरण लागिपरेको आरोप लगाएका छन् । जसलाई प्राधिकरणले पनि स्वीकार्दा पिकआवर अर्थात बेलुका ६ देखि ९ बजेसम्म उद्योगमा विद्युत आपूर्ति बन्दहुँदै आएको छ ।

जसलाई प्राधिकरणले लोडसेडिङ नभइ केही आयोजनामा देखिएको प्राविधिक समस्याका रुपमा अथ्र्याएको छ । तर त्यो अहिले नै समाधान हुने अवस्थामा भने छैन । किनभने प्राधिकरणकै तत्थ्याङ्क अनुसार देशभर अहिले करिब २ हजार मेगावाट विद्युतको माग छ ।

जसमा १ हजार ४ सय मेगावाट मात्रै विद्युत उत्पादन भएकाले ६ सय मेगावाट विद्युत आपूर्तीमा समस्या भइरहेको छ । अहिलेलाई यो कमीको पूर्तीगर्ने एकमात्र विकल्प भारतबाट विद्युत आयातगर्नु हो । तर भारतले २०२५ मार्च १६ देखि जुन ३० सम्म सोलार आवर अर्थात बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने गरी स्वीकृती दिएको छ ।

बाँकि भिडियो सहित)