Breaking

महावीरको महान काम : कवाडी मेसिन धमाधम चल्दै, कमिसन खानेको सटर बन्द (भिडियो)


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको नाममा कवाड खाना केन्द्र खोलेको भन्दै वैज्ञानिक महावीर पुनलाई आलोचना गर्नेलाई उनले बोलेर होइन काम गरेर जवाफ दिएका छन् । पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रले पछिल्लो समय सरकारी अस्पतालहरुमा बिग्रिएर थन्किएका स्वास्थ्यउपकरणहरु बनाउने जिम्मा लिएको छ ।

जुनकार्यले सिंगो स्वास्थ्य क्षेत्रमा कायापलट हुने सम्भावना बढ्दै गएको छ । पुनलाई हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले साथ दिएका छन् ।पौडेलको योजना र पुनको एक्सनले सरकारी स्वास्थ्य क्षेत्रमा केही सुधारको छनक देखिएको छ । गतभदौ ५ मा स्वास्थ्यमन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघ अन्र्तगतका२३ वटा अस्पतालमा बिग्रिएर थन्किएका स्वास्थ्य उपकरण बनाउने सम्झौताभएको थियो ।

सम्झौताअनुसार वीर अस्पताल, सहिदगंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्तिबाल अस्पताल लगायतमाकाम सुरु भइसकेको छ । आविष्कार केन्द्रकाइन्जिनियरहरुले सरकारी अस्पतालका बिग्रिएकाउपकरणहरु मर्मत गरी पहिलेकै अवस्थामाल्याउने कामधमाधमगरिरहेका छन् । जसबाट स्वास्थ्यउपकरण खरिद बिक्रीगर्ने ठेकेदारहरु दुःखीबने पनि अस्पताल समितिभने उनीहरुको कामबाटखुसी देखिन्छन् ।

आविष्कार केन्द्र, स्वास्थ्यमन्त्रालय र अस्पतालबीच भएको त्रिपक्षीय सम्झौताले अब बिरामीहरु उपचारतथा स्वास्थ्यजाँचका लागि निजी अस्पताल तथा क्लिनिकमा जानु पर्ने बाध्यताको अन्त्यहुँदै जाने देखिन्छ । बिग्रिएका स्वास्थ्यउपकरण पहिलेकै अवस्थामा सञ्चालनहुने गरी बन्दा उपचार सेवासमेत चुस्त दुरुस्त र प्रभावकारी बन्ने मन्त्रालयको विश्वास छ ।

बाँकि भिडियो सहित)