Breaking

रास्वपा सभापति लामिछानेविरुद्ध मुद्दा आज दर्ता गरिँदै


काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ।

सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो।जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते लामिछानेमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै २०८१ पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो।