क्यानले आयोजना गरेको पहिलो संस्करणको (एनपीएल) ले भोलि आफ्नो पहिलो विजेता पाउँदै छ । भोलि हुने फाइनलमा जनकपुर र सुुदूरपश्चिममध्ये कुन टोलीले इतिहास रच्दै उपाधि चुम्ने छ त ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिवार त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम र जनकपुर (एनपीएल) को दुई टोली फाइनालिस्ट बनेपछि अब उपाधि कसले जित्ला भन्ने अनुमान हुन थालिसकेको छ । केही सुदूरपश्चिम हाबी हुन्छ भनिरहँदा केहीले जनकपुरले तेस्रो भेटमा सुदूरपश्चिमसँग बदला लिने दाबी गरिरहेका छन् । त्यसो त सुदूरपश्चिमले जनकपुरलाई यसअघि पनि दुुई पटक हराएको थियो । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
यस्तै लिग चरणमा भएको भेटमा पनि सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । दुुईपटक जनकपुरमाथि सानदार जित हासिल गरेको सुदूरपश्चिमसँग फाइनल खेलमा पुनः भेट भएको छ । जनकपुरलाई भने लिग चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला लिने मौका उपाधि भिडन्तमा मिलेको छ । तर पनि जनकपुरका लागि सोच जस्तो सझिलो भने पक्कै छैन । सुदूरपश्चिम यस प्रतियोगितामा उत्कृष्ट लयमा छ । सुदूरको खेल हेर्दा जनकपुरले हराउन निकै मेहिनत गर्नु पर्ने देखिन्छ ।
सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा बलियो देखिन्दै आएकोे छ । यता जनकपुरका पछिल्ला खेलहरूमा सबैभन्दा बढी योगदान न्युजिल्याण्डका खेलाडी जिमी नीशमको छ । सच्चै भन्ने नै हो भने नीशमको योगदान बिना जनकपुर फाइनलसम्म पुुग्न असम्भव जस्तै थियो । जनकपुरका लागि वानमेन आर्मीको भूमिका खेलेका नीशमले टप अर्डर नचल्दा पूरा दबाब आफैंले लिएर म्याच विनिङ इनिङ खेलिरहेका छन् । बलिङमा पनि अन्य बलरबाट विकेट नआएका बेला उनले ब्रेक–थ्रु दिलाइरहेका छन् । प्रतियोगितामा ६ विकेट नीशमले लिइसकेका छन् । यता सुदूरपश्चिमलाई फाइनल पु¥याउन नेतृत्व गर्नुका साथै मैदानमा सबै क्षेत्रमा छाएका दीपेन्द्र सिंह ऐरी हुन् । राम्रो लयमा रहेको सुदूरपश्चिमले इतिहास रच्दै उपाधि चुम्ने आशा धेरैले गरेका छन् ।
प्रतियोगिता अन्तिम चरणमा आउँदै गर्दा अर्को चर्चाको विषय बनेको छ, उत्कृष्ट खेलाडीको । प्रतियोगितामा उत्कृष्ट नेपाली खेलाडीले ओमोडाको कार पुरस्कार पाउँदैछन् । अहिले एनपीएलको पुरस्कार राशि १ करोड दश लाखकोभन्दा कार पाउने नेपाली खेलाडीको विषयले चर्चा पाइरहेको छ । नेपाली खेलाडीले पाउने उक्त पुुरस्कारको दाबेदारमा तीन खेलाडी अगाडि देखिएका छन् । सुदूरपश्चिमलाई फाइनल पु¥याउन नेतृत्व गर्नुका साथै मैदानमा सबै क्षेत्रमा छाएका दीपेन्द्रलाई कारको दाबेदारको रुपमा हेरिएको छ ।
यस्तै जनकपुुर टिमबाट ललित राजवंशी पनि कारको दाबेदार खेलाडीको रुपमा देखिएका छन् । ललितको मुख्य काम विकेट लिने, विपक्षीलाई कम स्कोरमा रोक्न सहयोग गर्ने र टिमलाई जिताउने भइरहेको छ । उनी सुरूवातदेखि नै जनकपुरको मुख्य विकेट–टेकरको रुपमा रहेका छन् ।
यस्तै अर्का दाबेदार खेलाडी हुन् लुम्बिनीका रोहित पौडेल । लुुम्बिनी लायन्सको कप्तानी सम्हालेका रोहित पनि अन्य खेलाडीभन्दा कम छैनन् । लिग चरणलाई मात्रै हेर्ने हो भने रोहितको प्रदर्शन सानदार रह्यो । भलै उनको टिमले धेरै खेल जित्न सकेन र उपाधि होडमा पुग्न सकेन । तर उनले सक्दो कोसिस गरे । रोहितले रन बनाउने मात्र नभई विकेट लिने कामसमेत गरे । नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित एनपीएलको पहिलो संस्करणमा कारको मुख्य दाबेदारका रुपमा रहेका छन् । जारी एनपीएलमा सर्वाधिक रन जोड्ने उनी पहिलो नेपाली खेलाडी हुन् । उनले २७९ रनका छन् भने विदेशी खेलाडीतर्फ रवि बोपाराले सर्वाधिक २८६ रन बनाएका छन् ।
तर विदेशी खेलाडीलाई एनपीएलको यो विधामा राखिएको छैन । शनिवार हुने फाइनलमा जनकपुरले सुदूरपश्चिमसँग महाभिडन्त गर्दै छ । पछिल्ला दुई हारबाट पाठ सिकेर कमजोर पक्ष सुधार्दै सुदूरलाई स्तब्ध पार्ने रणनीतिमा रहेको जनकपुर कति सफल हुन्छ ? त्यो भने फाइनल खेलको नतिजाले देखाउने नै छ । यता सुदूरपश्चिम तेस्रोपटक जनकपुरमाथि हाबी हुँदै पहिलो संस्करणको एनपीएल उपाधि जितेर इतिहास रच्ने मौकाको पर्खाइमा छ । लिगमा सहभागी ८ टिममध्ये दुई टिमले फाइनल यात्रा तय गर्दा यिनै दुईमध्ये एउटाले उपाधि चुम्ने पक्का छ । त्यो उपाधि चुम्ने भाग्यशाली टिम को बन्ला ? सुदुरपश्चिम र जनकपुरका खेलाडीका साथै समर्थकको पनि मुटुको ढुकढुकी बढ्दै गएको छ भने नतिजा थाहा पाउने समय पनि नजिकिँदै गएको छ ।
प्रतिक्रिया