काठमाडौं — नाइजेरियाको दक्षिण–पश्चिमी शहर इबादानमा क्रिसमस पर्वको अवसरमा आयोजित मेलामा भागदौड मच्चिँदा ३५ बालबालिकाको मृत्यु भएको छ । घटनामा ६ जना गम्भीर घाइते भएका छन् । मेलाका आयोजकहरूले सित्तैमा खाना र पैसा दिने बताएपछि हजारौं बालबालिका मेला हेर्न पुगेका थिए । कार्यक्रम स्थलमा करिब ५ हजार बालबालिका जम्मा भएको र मुख्य आयोजक कार्यक्रम शुरु गर्न पुग्दा भागदौड मच्चिएको स्थानीयले बताएका छन् ।
प्रहरीले मुख्य आयोजक नाओमी सिलेकुनोला, शहरका चर्चित व्यक्तित्व सहित कार्यक्रममा संलग्न आठ जनालाई पक्राउ गरेको जनाएको छ । राष्ट्रपति बोला टिनुबुले आफ्ना सन्तान गुमाएका आमाबुवाप्रति समवेदना प्रकट गर्दै विस्तृत अनुसन्धानको आदेश दिनुभएको छ ।
प्रतिक्रिया