अन्तर्राष्ट्रिय

असदको शासन पतनपछि सिरियामा आशाको ज्योति देखिएको महासचिव गुटेरेसको दाबी


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति बशर अल–असदको शासन पतनपछि सिरियामा ‘आशाको ज्योति’ देखेको प्रतिक्रिया दिएका छन्। मध्यपूर्व धेरै आगोले भष्म भइरहेको भन्दै उनले सिरियामा आशाको ज्योति निभ्न दिन नहुनेमा जोड दिए । सिरियाका लागि आगामी दिनमामहत्वपूर्ण चुनौती रहेको उनले उल्लेख गरेका छन् । सिरियाको सैन्य पूर्वाधारमा इजरायलले गरेको व्यापक आक्रमणले सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै गुटेरेसले आक्रमणरोक्न आह्वान गरेका छन् । असदको सरकार पतन भएपछि इजरायलले वायु सेना, नौसेना र हतियार भण्डारसहित सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको थियो।