काठमाडौं – महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुनेछ। मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले भारतसँग अंक बाँडेको थियो। समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ। शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल भिडन्त आइतबार बिहान हुँदैछ।
Breaking
प्रतिक्रिया