Breaking

रविको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं — गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले बिहीबार प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि यस घटनाको अनुसन्धान सुरू भएको बताए। कास्की हिरासतमा सुतिरहेका रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त तस्बिर डा. निकोलस भुसालले खिचेर फेसबुकमार्फत् सार्वजनिक गरेको स्वीकार गरेका छन्।

ि