खेलकुद

लिग : सुदूरपश्चिम र जनकपुुर फेरि आमनेसामने


नेपाल प्रिमियर लिगमा लिग चरणका खेल सकिएको छ । लिग चरणका २८ खेल सकिँदासम्म विभिन्न खाले रेकर्ड बनेका छन् । एक अर्कालाई पछार्दै अन्तिम चारमा पुुगेका टोलीको लक्ष्य नै उपाधि चुुम्ने हुुँदा त्यसका लागि भोलिदेखि मैदानमा उत्रिन्दै छन् ।
नेपाल प्रिमियर लिग ९एनपीएल० मा लिग चरणका सबै खेलहरू सकिएका छन् । अब प्लेअफका खेलहरु बाँकी छन् । ८ मध्ये चार टोली अझै उपाधि होडमा छन् । कर्णाली याक्स, सुुदूरपश्चिम रोयल्स, जनकपुर बोल्डस् र चितवन राइनोज अन्तिम चारमा पुगेसँगै प्लेअफ समीकरण पूरा भएको हो । यी मध्ये कुन टिमले उपाधि उचाल्छ रु भन्ने उत्सुकता बढ्न थालेको छ । टिमको प्रदर्शन जस्तै खेलाडीहरूको व्यक्तिगत प्रदर्शनबारे पनि चर्चा भइरहेको छ । यहाँसम्मको अवस्थामा पहिलो संस्करणको एनपीएल सम्झन्न लायक बनेको छ ।

जसमा विश्वकै चर्चित खेलाडीण्देखि ४० भन्दा बढी विदेशी खेलाडीहरुले त्रिवि मैदानमा आफ्नो क्षमता देखाए । नाम चलेका विदेशी खेलाडीहरूसँगै नेपाली खेलाडीहरूले पनि सानदार प्रदर्शन गरिरहेका छन् । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शनमा नेपाली र विदेशी खेलाडी मिश्रित रुपमा छन् । ब्याटिङमा सर्वाधिक रन बनाउनेमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल शीर्ष स्थानमा छन् ।

लुम्बिनी लायन्सले एनपीएलमा राम्रो प्रदर्शन गर्न नसके पनि यस टिमका कप्तान पौडेलले लिग चरणमा अलराउण्ड प्रदर्शन गरे । टिमले हारिरहँदा उनले उत्कृष्ट प्रदर्शन गरिरहे । लिगमा दुई अर्धशतकसहित उनले सर्वाधिक २७९ रन बनाएका छन् । दोस्रो स्थानमा दुुई अर्धशतक प्रहार गरेका चितवानका रवि बोपारा छन् ।

उनको नाममा २३३ रन छ । तेस्रो स्थानमा पोखराका आन्द्रेस गौस छन् । अमेरिकी विकेटकिपर, ब्याटर गौसले एनपीएलमा पहिलो शतक प्रहार गरेका थिए । उनी शतक हान्ने एक मात्र खेलाडी हुन् । यस्तै बलिङतर्फ सर्वाधिक विकेट लिनेमा सुदूरपश्चिका खेलाडी न्युजिल्याण्डका स्कट कुगेलेइन हुन् । उनले सर्वाधिक १५ विकेट लिएर शीर्ष स्थानमा छन् । दोस्रो र तेस्रोमा रहेका नेपाली खेलाडीद्वय ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएका छन् ।

अब हुुने खेलमा सुदूरपश्चिम र जनकपुर क्वालिफायर १ मा भिड्ने छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले कम्तिमा १२ रनको जित हासिल गरेको भए १० अंक जोडेको जनकपुरले चितवन राइनोजसँगै इलिमिनेटर खेल्ने पक्का थियो । तर, कर्णालीले १२ रनको जित निकाल्न नसकेसँगै कर्णालीले क्वालिफायर २ पुग्न चितवनसँग भिड्नु पर्ने भएको छ । क्वालिफायर १ जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ ।

हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि पुनः खेल्न पाउनेछ । यस्तै यता जनकपुरका कप्तान अनिल साहले बाँकी खेल गुमाउने भएका छन् । जारी प्रतियोगितामा जनकपुरलाई क्वालिफायरमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका अनिलको हातमा चोट लागेको छ । यसले पनि जनकपुरलाई धक्का लाग्ने देखिन्छ ।

अब जनकपुरको कप्तानी आशिफ शेखले सम्हाल्ने छन् । इलिमिनेटरमा बुधबार बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच खेल हुनेछ । बुधबारै दिउँसो १ बजे पहिलो क्वालिफायरमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ जबे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोलीको विजेता बन्ने सम्भावना समाप्त हुनेछ । फाइनल खेल पुुष ६ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुुने छ । यसैबीच एनपीएलको विजेताले प्राप्त गर्ने पुरस्कार राशिसमेत क्यानले घोषणा गरेको छ ।

मंगलबार क्यानले एक विज्ञप्ति जारी गर्दै एनपीएल विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पाउने घोषणा गरेको हो । यसअघि औपचारिक रुपमा पुरस्कार राशि घोषणा नगरेको क्यानले विजेताका साथै उपविजेता, तेस्रो र चौथो हुने टोलीले पाउने पुरस्कार रकम पनि सार्वजनिक गरेको छ । उपविजेताले ५१ लाख रुपैयाँ पाउँदा तेस्रो र चौथौले क्रमशः १५ र १५ लाख रुपैयाँ पाउने भएका छन् । यस्तै यस प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले कार पुरस्कार पाउने छन् । जसले गर्दा अहिले चर्चामा रहेकामध्ये सर्वोत्कृष्ट खेलाडी को बन्छन् भन्ने चासो पनि बढिरहेको छ । कार पुरस्कार दिन क्यानले यसअघि नै जारी एनपीएलको सहप्रायोजकको रुपमा रहेको ओमोडा एन्ड जेइकोसँग सम्झौता गरिसकेको छ ।