अन्तर्राष्ट्रिय

प्रशान्त महासागरको टापु देश भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प


काठमाडौं प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो । भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो । यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ । भूकम्प र परकम्पका कारण घरहरु भत्किएका, बिजुलीका पोल ढलेका, गाडीहरुमा क्षति पुगेको भिडियोहरु सार्वजनिक भइरहेका छन् । बेलायत, फ्रान्स र न्यूजील्याण्डका दूतावासहरु रहेको एउटा ठूलो भवन पनि भत्किएको देखिन्छ । भूकम्प लगत्तै सरकारी वेबसाइटहरु पनि डाउन भएका थिए ।