काठमाडौं महानगरपालिकाले शनिबार आफ्नो स्थापना दिवस भव्य रुपमा मनायो । बिहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम गर्दै महानगर प्रहरीबाट परेड प्रदर्शन गराएको महानगरले साँझ खुल्लामञ्चमा कन्सर्टको आयोजना गर्दा राजनीतिक रुपमा केन्द्र सरकारलाई धेरै सन्देश दिएको छ ।
सिंहदरबार र बागदरबारबीच देखिँदै आएको टकरावको बाछिटा शनिबार काठमाडौं महानगरपालिकाको ३० औं स्थापना दिवसमा पनि देखियो । विश्वका प्राचीन शहरहरूमध्येको एक काठमाडौं महानगरले स्थापना दिवस मनाइरहँदा केन्द्र सरकारलाई केही राजनीतिक सन्देशसमेत दिएको छ । यसअघि २९ औं स्थापना दिवसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख आतिथि बनाएको महानगरले यसपटक भने न राष्ट्र प्रमुख न त कार्यकारी प्रधानमन्त्रीलाई नै निमन्त्रणा ग¥यो ।
बरु खास्सै यस्ता औपचारिक कार्यक्रममा तुलनात्मक रुपमा प्राथमिकतामै नपर्ने उपराष्ट्रपतिलाई महत्व दिएको देखियो । महानगरले कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बनायो । छिटफुट कार्यक्रममा मात्रै बोलाइने उपराष्ट्रपतिलाई प्रमुख अतिथिमा निमन्त्रणा गर्नुले महानगरले प्राथमिकतामा नपर्नेलाई प्रथामिकतामा राख्न खोजेको देखिन्छ ।
सैनिक दिवसकै जस्तो झल्को दिने गरि काठमाडौं महानगर प्रहरीले सैनिक मञ्चमा परेड प्रदर्शन ग¥यो । ब्याण्डबाजासहित मार्चपास गरेको नगर प्रहरीको मनोबल बढाउन महानगर नेतृत्व लागि परेको देखियो । साथै, काठमाडौं महानगरपालिकाले गरेका उपलब्धिहरुका श्रेय कर्मचारीलाई दिएका महानगर प्रमुख बालेन्द्र शाह बालेनले कर्मचारी र जनप्रतिनिधिको समन्वय हुँदा मात्र गति लिन सक्ने सन्देश प्रवाहमा जोड दिए ।
युवा भएकै कारण कार्यशैलीमा मन मिलेको जस्तो देखिए पनि पार्टीकै दबावका कारण बालेन र उपप्रमुख सुनिता डङ्गोलबीच मनमुटाव देखिँदै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले महानगरको कार्यशैलीप्रति नै प्रश्न उठाइरहँदा एमालेबाट नै उपप्रमुखको कुर्सीमा पुगेकी सुनिताकै मुखबाट महानगरको उपलब्धिबारे तारिख गराउन बालेन सफल भएका छन् । महानगरको प्रतिनिधित्व देखिनु पर्ने सबै ठाउँमा उपप्रमुखलाई अघि सारेका बालेनले कार्यक्रममा महानगरले गरेका कामको फेहरिस्तसहित मन्तव्य राख्ने जिम्मा उपप्रमुखलाई नै दिएका थिए । अर्कातर्फ दलबाट जति नै च्याप्न खोजे पनि उपप्रमुखलाई आफ्नै पक्षमा राख्न खोजेको देखिन्छ ।
केन्द्र सरकारले गरेको कार्यक्रममा बालेन नजाने र महानगरले गरेको कार्यक्रममा प्रधानमन्त्रीलाई निषेध गरिएको जस्तो देखिन्छ । असोज ३ गते सरकारले राष्ट्रिय दिवसको अवसरमा गरेको कार्यक्रममा बालेन अनुपस्थित रहे । जब कि आयोजक नै महानगर भए पनि प्रधानमन्त्री ओली कार्यक्रममा जाने भए पछि बालेन कार्यक्रममा देखा परेनन् । शीर्ष नेताहरूको उपस्थिति नरहेको कार्यक्रममा कला, साहित्यदेखि, लोकगायक र खेलकुद क्षेत्र हुँदै समाजसेवीलाई महानगरले सम्मान ग¥यो । साथै, काठमाडौंका पूर्वप्रमुख पीएल सिंहलाई महानगरले सम्मान गर्दा कामको मूल्याङ्कन गर्नु पर्ने सन्देश दिएको छ । सबैभन्दा महत्वपूर्ण सन्देश भने महानगरको रात्रिकालीन कार्यक्रम ९कन्सर्ट० गरेर युवापुस्ताको भिड आफूप्रति आकर्षित रहेको उनले सङ्केत गरेका छन् । महानगरले आयोजना गरेको कन्सर्टमा देखिएको भिड र युवा पंक्तिलाई आफ्नो प्रशंसामा उफार्दै आफूप्रति युवाको आकर्षण कुन रुपमा छ भन्ने केन्द्र सरकारलाई देखाउनु नै बालेनको मूल सन्देश रहेको छ ।
प्रतिक्रिया