राजनीति

हिरासतमा रवि : जवाफ दिएर हैरान गृहमन्त्री


गृहमन्त्री रमेश लेखक, रवि लामिछाने प्रकरणले चेपुवामा पर्न थालेका छन् । पहिलोपटक रिक्स लिएर अघि बढेका उनी प्रहरी हर्कत र रविप्रतिको बढ्दो सहानुभूतिको प्रहारमा परेका हुन् । जसले न त सत्ता न त नागरिक कसैलाईपनि उचित उत्तर दिन नसकेका उनी प्रधानमन्त्री ओली कै बोली बोलिरहेका छन् ।

सहकारी ठगीमा प्रक्राउ परेका रवि लामिछानेको मुद्दा अभियोजन गर्ने दिन नजिकिँदै गर्दा गृहमन्त्री रमेश लेखक भने चेपुवामा पर्न थालेका छन् । हिजो रविकै विषयमा प्रमाण रहेको भन्दै दावी गरेर गृहमन्त्री भएका उनी आफूले गर्नुपर्ने काममा चुकेपछि प्रश्नको घेरामा परेका हुन् । यो बीचमा रविप्रतिको चासो घट्दै गएकोमा चितवन प्रहरीले मध्यरातमा गरेको अड्डासारले उनी फेरि चर्चामा छन् । यही कामले प्रहरीमाथि प्रश्न र रविमाथि सहानुभूति बढ्दा केही दिनमै रविविरुद्धको प्रतिवेदन बुझाउनुपर्ने बाध्यतामा प्रहरी छ । अर्थात अब अन्तिम पकट म्याद थप हुने अवस्था रहेपनि त्यसपछि भने यो विषय अदालतको हुने छ । जसले उनी थुनामुक्त भए त्यसको क्षति सबैभन्दा बढी लेखकले नै व्यहोर्नेमा दुईमत छैन । फलतः प्रधानमन्त्री केपी शर्मा ओलीकै बोली बोल्न थालेका उनी प्रत्येक सार्वजनिक कार्यक्रमा प्रष्टीकरण दिँदै हिँडेका छन् । यो सातामात्रै चितवन,नवलपुर,सुर्खेतदेखि काठमाडौँसम्म प्रष्टीकरण दिँदै हिँडेका उनी रविलाई ठग प्रमाणित गर्न लागिपरेका छन् । फलतः कहिले रविमाथि मानवअधिकार हनन् हुने कार्य नगरेको बताउँछन् भने कहिले अदालतभन्दा अघि सरेर ठग करार गर्छन् । योबीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रविको पक्षमा दिएको अभिव्यक्ति नै कानुनलाई प्रभाव पार्ने खालको भएको भन्दै लेखकले आलोचना नै गरेका छन् । रविको पक्षमा आएका अभिव्यक्ति नै न्यायिक प्रकृयालाई प्रभावित गर्ने र अनुसन्धानलाई अवरुद्ध गर्ने प्रयत्नका रुपमा भएको उनको दाबी छ ।

मुख्य कुरा त अहिले प्रहरीका महानिरीक्षक वसन्त कुँवरको कदम नै प्रश्नको घेरामा छ । तर न उनलाई हटाउन सक्ने न त प्रहरीको कर्तुतको रक्षा गर्न सक्ने दुबै कुरामा लेखक बलियो बन्न सकेका छैनन् । जसको सट्टा भर्ना कास्की र चितवनका प्रहरी प्रमुख धम्काएर गरेका उनी चितवन प्रकरणसम्म केही हदसम्म मौन नै थिए । तर त्यही प्रकरणलाई लिएर पूर्वप्रधानन्यायाधीस सुशील कार्कीले रविको पक्षमा बोल्नु र प्रहरी अधिकारीहरुले राष्ट्रिय मानव अधिकार आयोगको बयान खेपेपछि उनलाई भाउन्न छुटेको छ । अर्कातर्फ शुरुमा प्रमाण पुर्याउन समय लागेको भन्दै रवि पक्राउ नगरेर ओलीको दवाव भोगेका उनी अहिले सत्तारुढ गठबन्धनबाटैपनि काम गर्न नसक्ने गृहमन्त्रीको संज्ञा पाइरहेका छन् ।

यो बाहेक रविमाथिको मुद्धामा हुनसक्ने कमजोरीले समेत उनको निद हराम गरेको छ । किनभने सहकारी ठगीमा लामिछानेको संलग्नता नभएको संसदीय छानविन समितिकै निष्कर्ष रहँदा प्रहरीलाई सहकारीका प्रमाण फेला पार्न गाह्रो परिरहेको छ । यसको अर्थ रविमाथिको संगठित र ठगी आरोप कमजोर हुने अवस्था रहँदा सम्पत्तिशुद्धीकरण मात्रैले रविलाई त्यतिधेरै प्रभाव पार्ने अवस्था छैन । जुन गृहमन्त्रीका लागि भारी पर्ने देखिँदा उनकै दलका नेताहरुलेसमेत लेखकको क्षमतामाथि प्रश्न गर्न थालिसकेका छन् ।

अहिले अनुसन्धान गर्नै नपाउने भन्ने सरकारको बहानामाथि मात्रै प्रश्न छैन कि रविमाथि प्रतिशोध साँधिएको भाष्य बलियो बन्दै छ । त्यसबाहेक रविकै कारण सहकारी ठगीको निकास निस्कने अवस्थासमेत छैन । यसले सरकारकालागि सबैभन्दा प्रश्न बलियो बन्ने दिन अब आउँदै छ । जसको मुख्य तारो गृहमन्त्री हुने पक्का रहँदा छानीछानी पक्राउ गर्ने सरकारको प्रवृत्तिको मारमासमेत लेखक छन् । औचित्यपूर्ण उत्तर दिन नसकेर अहिलेनै लज्जित हुनुपर्ने अस्थामा उनी रहँदा रवि उनका लागि निल्नु न ओकल्नु भइरहेको बुझ्न समस्या छैन ।