खेलकुद

NPL : तीन टिम प्लेअफमा, काठमाडौंको भविष्य सुदूरपश्चिमको हातमा


नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका खेल अब अन्तिमतिर आइपुगेका छन् । योसँगै एनपीएलमा अब प्लेअफ समीकरण पूरा हुने छ भने उपाधि दावेदार टिमबारे चर्चासमेत सुरु भइसकेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सुरु भएको १६ दिन बितिसकेको छ । १६ दिनसम्म आइपुग्दा लिग चरणको अन्तिम १ खेल मात्रै बाँकी छ । बाँकी एक खेलमा सोमबार कर्णाली याक्स र सुुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । योसँगै प्लेअफ समीकरण पूरा हुनेछ । एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स ६ खेलमा ५ खेल आफ्नो पक्षमा पार्दै दश अङ्क बटुलेर शीर्ष स्थानमा छ ।

आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिमले प्लेअफ यात्रा निश्चित गरेको हो । सुुदूूरपश्चिले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । जितसँगै सुदूर ६ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको पहिलो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भएको थियो ।

जसमा विराटनगरले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै एक सय १७ रन बनायो । जवाफमा काठमाडौँले १८.१ ओभरमा नौ विकेट गुमाएर एक सय २० रन बनाउँदै विजय लक्ष्य पुरा गर्यो । जितसंगै काठमाडौँको प्लेअफ चरणमा पुुग्ने सम्भावना जीवित छ । तर प्लेअफमा पुुग्न काठमाडौँले अन्य टोलीको नतिजालाई कुर्नुु पर्ने हुन्छ । अब काठमाडौँको भविष्य कर्णाली याक्सको हातमा रहेको छ । सोमबार हुुने खेलमा सुुदूूरपश्चिले कर्णाली याक्सलाई ठुुलो अन्तरले हराएमा काठमाडौं प्लेअफमा पुग्ने छ ।

अन्यथा सामान्य अंक भए पनि कर्णाली याक्स नै प्ले अफमा पुुग्ने छ । आइतबार विराटनगरले काठमाडौंविरुद्ध जारी लिगमा आफ्नो अन्तिम खेल खेलेको हो । विराटनगर यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको थियो । यो खेलमा यदि पराजित भएको थियो भने काठमाडौंले पनि बिधाईको हात हल्लाउनु बाहेक अरु कुुनै विकल्प थिएन । यद्यपि, विराटनगरमाथि जित हात पर्दै काठमाडौंले भने अझै झिनो आशा देखाएको छ । हालसम्मको अवस्थमा लिगबाट विराटनगर, लुम्बिनी, र पोखरा बहिरिसकेका छन् ।

यस्तै जनकपुर बोल्ट्स लिगको दोस्रो स्थानमा छ । एनपीएलको प्लेअफमा पुुग्ने पहिलो टोली नै जनकपुुर हो । ७ खेलमा ५ मा जित हात पारेको जनकपुरको शीर्ष स्थानको सुदूरपश्चिमसँग समान १० अंक रहे पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको हो । यस्तै, चितुुवन राइनोज पनि प्लेअफमा पुुगेको छ । अंक तालिकामा ८ अंक जोडेको चितवनले शनिबार भएको खेलमा जनकपुर बोल्ट्समाथि सानदार जित हात पार्दै प्लेअफको यात्रा तय गरेको हो । यदि जनकपुरसँग चितवन पराजित भएको अवस्थामा विराटनगरको प्लेअफ सम्भावना रहने थियो ।

तर, प्रतियोगितामा अब्बल देखिएको जनकपुरमाथि नाटकीय रुपमा चितवनले जित पारेसँगै प्रतियोगितामा आफ्नो सम्भावना बलियो बनाएको छ । जारी एनपीएलमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको टिम लुम्बिनी र राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको टिम विराटनगर जस्ता टिम नै प्रतियोगिताबाट बाहिरिएका छन् । चर्चित र आशा गरिएका खेलाडी चम्किन नसक्नु नै हारको मुख्य कारण रहेको विश्लेषणसमेत हुने गरेको छ ।