काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरालाई पाँच रनले हराएको हो। सुदूरले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो। जितसँगै सुदूर ६ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। सुदूरले लिगचरणको अन्तिम खेल मंगलबार कर्णाली याक्ससँग खेल्ने छ। पोखराले भने सात खेलबाट ६ अंकसहित प्रतियोगिता सक्काएको छ। जनकपुर बोल्ड्स १० अंकसहित दोस्रो स्थानमा रहँदा चितवन राइनोज, कर्णाली र काठमाडौं गुर्खाजको समान आठ अंक छ।
Breaking
प्रतिक्रिया