काठमाडौ. । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको विराटनगरले १० दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको हो । विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछाने शुन्य रनमै आउट भए ।
आजको खेल काठमाडौंका लागि महत्वपूर्ण छ । अंक तालिकामा पाँचौं स्थानमा रहेको काठमाडौंलाई प्लेअफ सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्नेछ । जितेको खण्डमा चौथो स्थानमा रहेको कर्णाली याक्ससँग काठमाडौंको अंक बराबरी ८ हुनेछ । कर्णालीले अन्तिम खेल भोलि सुदूरपश्चिमसँग खेल्न बाँकी छ ।
सुदूरपश्चिमसँग कर्णाली पराजित भए र आजको खेलमा काठमाडौं विजयी भए काठमाडौंको सम्भावना रहन्छ । काठमाडौं पराजित भएको खण्डमा प्लेअफमा जाने टोलीको आजै टुंगो लाग्नेछ । लुम्बिनी, विराटनगर र पोखरा यसअघि नै लिगबाट बाहिरिसकेका छन् । आजै दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।
जनकपुर तालिकाको शीर्ष स्थानमा छ । दुई खेल बाँकी रहेको सुदूरपश्चिम दोस्रो स्थानमा छ । तेस्रो स्थानमा चितवन र चौथोमा कर्णाली छ ।
प्रतिक्रिया