काठमाडौं । प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज सकिँदै छ ।
गत शुक्रबार सुरु बैठकमा नेताहरूको कार्यविभाजन र आगामी कार्ययोजनाबारे छलफल जारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले कार्यविभाजन र कार्ययोजना टुंगो लगाउने उनले बताए ।
बैठकमा अधिकांश नेताहरूले माओवादी केन्द्रसँग एकता गर्न नहुने धारणा राखेका छन् । एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्न आन्दोलनका कार्यक्रमसहित जनतामा जानुपर्नेमा नेताहरूले जोड दिएका छन् ।
प्रतिक्रिया