काठमाडौं — सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समिति गठन गरेको छ । कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा प्रा. डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् । हालका उपकुलपति प्रा.डा. भोला थापाको चारवर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो ।
काठमाडौं विश्वविद्यालय स्थापनाको ३३ वर्ष पूरा भएको छ । संस्थापक कुलपति सुरेशराज शर्मा लगातार चार कार्यकाल र डा. रामकण्ठ माकाजु लगातार दुई कार्यकाल उपकुलपति भएका थिए । केयूले पछिल्लो चार वर्षमा भारतको तिरुपति, हङकङ र अष्ट्रेलिया सम्बन्ध विस्तार गरेर आफ्नो कार्यक्रम लागू गरेको छ ।
प्रतिक्रिया