अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव, संसद बाहिर हजारौंको प्रदर्शन


काठमाडौं — दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल विरुद्ध फेरि पनि महाअभियोग प्रस्ताव अघि बढेको छ । यस प्रस्तावको पक्ष–विपक्षमा आज शनिबार सांसदहरुले मतदान गर्दै छन् । भोटिङ सुरु हुँदै गर्दा संसद बाहिर हजारौं नागरिक भेला भएका छन् ।

राष्ट्रपति योलले यसअघि देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेपछि विपक्षी दलले विरोध गरेको थियो । लगत्तै उनले निर्णय फिर्ता लिएका थिए । त्यसपछि विपक्षी दलले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको थियो । तर प्रक्रिया रोकिएको थियो । नेशनल एसेम्बलीमा मतदान प्रक्रिया अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा सभामुखले गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको थियो । अहिले फेरि विपक्षी दलले महाअभियोग प्रस्ताव ल्याएको हो । विपक्षी दलका नेताहरुले राष्ट्रपति योललाई पदबाट नहटाएसम्म महाअभियोग प्रस्ताव ल्याइरहने बताएका छन् ।