काठमाडौँ – स्टेफेन इस्किनाजीको अर्धशतक प्रेरित काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।
इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो । ६ खेलमा तेस्रो जित हात पारेको काठमान्डुले प्लेअफ पुग्ने सम्भावना पनि कायम राखेको छ । ६ खेलबाट ६ अंक जोडेको काठमान्डु चौथो स्थानमा उक्लेको छ। काठमान्डुका ओपनर इस्किनाजीले ३४ बल खेल्दै १० चौका प्रहार गरे । माइकल लेभिटले १८ बलमा ३२ रन बनाए । यस्तै भिम शार्कीले २० बलमा २२ रन बनाए ।
बलिङमा पोखराका विपिन खत्रीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । माइकल लिस्कले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो ।
प्रतिक्रिया