काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्ससँगको खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलका लागि काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् ।
प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ ।अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ ।
प्रतिक्रिया