काठमाडौं —दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु भएको भएको छ ।
आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो र यसको कारणबारे अझै अनुसन्धान भइरहेको छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल सहरको अस्पतालमा लिफ्टभित्र सबै छ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए । टाइम्स अफ इन्डियाका अनुसार आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भयो र द्रुत गतिमा अन्य तलाहरूमा फैलियो ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया