राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्यो


काठमाडौं — नेकपा(माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सरेको छ । आज बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पुस २ गतेकालागि केन्द्रीय समिति बैठक बोलाएको थियो । उक्त बैठकको तयारी कालागि पुस १८, १९ र २० गते लगातार तीनदिन स्थायी समिति बैठक बस्ने निर्णय भएको पनि सापकोटाले बताए । खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनिए पनि त्यो हुन नसकेपछि तयारी सहित अब २१ गते बस्न लागेको उनले बताए ।