राजनीति

हात हल्लाउँदै छुटेका दुर्गामाथि प्रहरीको क¥यापझ्याप


साइबार अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा भएसँगै अदालत परिसरबाटै पुनः पक्राउ परेका छन् । साइबर अपराधमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि उनीमाथि आपराधिक लाभ मुद्दामासमेत अनुसन्धान जारी रहेकालेहिरासतमुक्त हुन सकेनन् । जसले पछिल्लो समय बाघ बनेका उनी जेल मै रहनु पर्ने अवस्था बन्दा उनको भविष्य र कथित महाअभियानसम्मको भविष्यमा कालो बादल मडारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियामा लगानी गरेको आरोप लगाएपछिपक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएलगत्तै फेरि पक्राउ परेका छन् । साइबर अपराधनमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् । आपराधिक लाम सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले उनलाई फेरि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई प्रहरीले फेरि पक्राउ गरी गाडीमा हालेपछि अदालत परिसरमा जम्मा भएका समर्थकहरुले नाराबाजी गरेका थिए ।

साइबर अपराधमा उनीविरुद्ध सात वर्ष कैद सजायको मागसहित मुद्दा दायर भएको थियो । जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा रिहा गर्न आदेश गरेको थियो । तर उनीमाथिआपराधिक लाभको मुद्दामा पनि अनुसन्धान जारी छ । यसबाहेक प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान भइरहेको छ । उनीमाथि भारतीय ग्याङस्टार लरेन्स विश्नोईको नाम लिएर व्यवसायीलाई धम्काएको आरोप समेत छ । जहाँ सीआईबीले पनि उनले विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेको जनाएको छ । यसको अर्थ साइबर अपराधको मुद्दामा राहत पाएपनि उनी रिहा भने हुने छैनन् ।

उनी आफँैले भन्दा अरुले प्रमाण भन्दै कागजात बाहिर ल्याएका कारण उनलाई साइबार अपराधमा पक्राउ गर्ने प्रहरीको कदमै प्रश्न थियो । तर प्रहरीले भने उनलाई पटकेकै रुपमा हेरेको थियो । यही कारणविद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार सजाय र दोहो¥याएर पुनः सोही अपराध गरेको भन्दै डेढी सजायको माग गरेको थियो। यता प्रसाईंले भने प्रमाण भनिएका कागजहरु आफूले नबनाएको बताएका छन् । कम्बोडियामा बस्ने व्यक्तिले नै पठाएका कारण आफूले यो विषयमा बोलेको उनको बयान छ । यसको अर्थ ती प्रमाण भनिएका कागज झुट्टो नभएको भाष्य निर्माण गर्ने र पटकेमा पर्नबाट बच्ने दोहोरो खेलमा उनीसफल रहे । यद्यपि यो पटक उनलाई पहिले जस्तो सहज समय भने छैन ।

हुन पनि प्रसाईं शून्यबाटै आएका व्यक्ति हुन् भने आजसम्म नेताको प्रयोगमा अब्बल नै रहँदै आएका छन् । यही कारण माओवादीदेखि एमालेका नेतासम्मलाई प्रयोग गर्न सफल भएका उनी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई चरेशको थालमा मार्सी चामलको भात खुवाउने पात्रकै रुपमा उदाएका थिए । तर त्यसले आफ्नो शिक्षण अस्पताललाई सम्बन्धन दिलाउन सफल नभएका उनी त्यसपछिको कथित महाअभियानकै कारण अभियन्ताका रुपमा उदाएका हुन् । जसले मेडिकल माफियाको ट्याग हटाएर संरचना बनाउन दिएर सम्बन्धन नदिने सरकार नै दोषी भएको भाष्य निर्माण गर्न उनी सफल भएका थिए । त्यस्तै पूर्वराजालाई समेत मेची पुल पुर्याएर राजावादीको सहानुभूति बटुलेका उनी सहकारीदेखि लघुवित्त पीडितहरुलाई उचाल्नसमेत सफल भए ।

यसैगरी निश्चित समुदायप्रति आगो ओकेलेर राष्ट्रवादी कहलिएका उनले एमालेका महेश बस्नेत लगायतका केही नेताको राजनीतिक भविष्यमासमेत संकट निम्त्याइ दिए । यसले उत्साहित उनी पैसाको बलमा जेपनि सम्भव रहेको आत्मविश्वासबाट अघि बढ्दा आफूले चाहे जसलाई पनि सकिदिने महत्वाकांक्षी बन्न पुगेका थिए । जसलाई अस्थिर सरकारका कारण अझ मलजल पुग्दाओलीमाथि नै प्रहार गरेर गल्ती गरेका उनी अहिले राजावादीदेखि वित्तीय पीडितहरुबाटै एक्लिएका छन् ।जहाँरवि लामिछाने पक्राउका कारण उनको विषय नै ओझेलमा पर्दा रविले राजनीति नै दुईधार बनाउन सफल भए भने प्रसाईं त्यसबाट पनि बन्चित बनेका छन् ।

यसरी कानुनी रुपमा प्रसाईंका लागि सच्चिनु मात्र एक विकल्प बन्दै गएको छ । तर ओलीकै सवालमासमेत सधैँ प्रष्टीकरण दिइराख्नुपर्ने अवस्था उनले सिर्जना गरिदिएका छन् । त्यसका पछाडि पैसाले किन्न सकिने नेताहरुको चरित्र नै मुख्य कारण रहँदा प्रसाईंयो कुरामा भने अब्बल देखिएका छन् । अर्थात छोटो समयै रापतापमा पुगेर आफ्नै रागले खुम्चिएका उनका लागि को बरदान बनेर आउँछन् त्यो भने हेर्न बाँकी छ । अन्यथा,आफैँ किङमेकर बन्ने उनको हतारो भने सफलताभन्दा आफैँले खनेको खाल्डो बनेको पक्का छ ।