Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक छ : अध्यक्ष श्रेष्ठ


काठमाडौं — नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका छन् । बुधवार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । उजले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उल्लेख गरे । अध्यक्ष श्रेष्ठले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताउनु बताएका छन् । उनले लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी रहेको पनि बताएका छन् ।