काठमाडौं — त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले नाराबाजी गरेका छन् । बिहीबार त्रिविको सभा (सिनेट) मा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन पुगेका थिए । उनी सभाबाट बाहिरिने क्रममा कर्मचारीहरूले नाराबाजी गरेका हुन् । कर्मचारीहरूले सेवा सुविधाको माग राखेर नाराबाजी गरेका हुन् । बिहानैदेखि कर्मचारीहरू सभास्थल अगाडि पुगेर बसेका थिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट ११ वटा नीति पारित भएको छ ।
बिहीबार बसेको सभाबाट ११ वटा नीति पारित भएको हो । जसमा विश्वविद्यालय प्रध्यापन सेवामा गर्नका लागि न्युनतम योग्यता पुनर्विचार गर्ने, आंगिक र सम्बन्धन प्राप्त क्याम्पस वा कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा व्यवस्था गर्नेदेखि श्रम बजारको माग अनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गर्नेसम्मका नीति रहेका छन् । यस्तै, त्रिविको पुनर्संरचना गर्ने ऐन र नियमको संशोधन प्रक्रिया सुरु गर्ने, निजी क्षेत्रमा सञ्चालित क्याम्पस सामुदायिक क्याम्पसमा, सामुदायिक क्याम्पस सामुदायिक क्याम्पसमा र निजी क्याम्पस निजी क्याम्पसमा गाभ्ने नीति साधारण सभाबाट पारित भएका छन् ।
प्रतिक्रिया