राजनीति

परराष्ट्रमन्त्री राणा युरोपबाट सीधै भारत किन जादै छिन् ?


काठमाडौं — परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोपबाट भारत जाने भएकी छन् । नेदरल्यान्ड्सको हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरुको दायित्व बारे ९० देशहरुको कार्यक्रममा भाग लिन गएकी मन्त्री राणा उतैबाट नयाँ दिल्ली पुग्ने कार्यसूची तय भएको छ । हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री राणाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् । मन्त्री राणाले समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकर भेट्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

राणाले बेल्जियमका विदेशमन्त्री बर्नाड क्विन्टिनलाई ब्रसेल्समा, अनि जर्मनीका विदेशमन्त्री अन्नालेना बार्बोकसँग बर्लिनमा भेटवार्ता गर्नेछिन् । राणाले बर्लिनमा समान अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेछिन् । त्यसपछि उनी २ पुस, मंगलबार बर्लिनबाट दिल्ली उड्ने छिन् । साउथ एसियन इकोनोमिक फाउन्डेसनले दिल्लीमा आयोजना गर्ने इन्डो नेपाल इकोनोमिक कन्क्लेभमा मन्त्री राणा सहभागी हुनेछिन् ।