काठमाडौं — नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रन बनाएर अलआउट भएको हो। काठमाडौंका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । यस खेलमा अजनकपुरका कप्तान अनिल शाहले कीर्तिमानी ५ क्याच लिए । उनले नपालको प्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए ।
प्रतिक्रिया