Breaking

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


काकठमाडौं—नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको पोखरेलले जानकारी दिएका हुन् । नेताहरूका अनुसार बैठकबाट सरकारले संविधान संशोधनको प्रयास अगाडि बढाउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय हुनेछ। पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।