Breaking

दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ


झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धानका लागि प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको थियो ।

साइबर ब्यूरोले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।

यसका साथै प्रसाईंविरुद्ध यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भन्दै थप सजाय समेत माग गरिएको छ । पटेक कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था भएकाले प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा प्रसाईंविरुद्धको पेसी तोकिएको छ । अब प्रसाईंको बयान हुनेछ । त्यसपछि थुनछेक बहसपछि पुर्पक्षमा पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने आदेश आउने छ ।