राजनीति

रविको अनुसन्धान सकियो, अब छुट्छन् कि जेल ?


सबैतिर बयान सकिएसँगै प्रहरीले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । उनीमाथि संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेको प्रहरीले अब फाइल सरकारी वकिल कार्यालयलाई बुझाउने छ । त्यसअघि अनुसन्धानमा के के भयो र प्रमाणले के के देखायो त ?

५५ दिनदेखि हिरासतमा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानको सबैतिर बयान सकिएपछि फाइल बुझाउने तयारीमा प्रहरी लागेको छ । संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भएका उनीमाथि ९० दिनसम्म अनुसन्धान गर्ने समय प्रहरीसँग थियो ।

तर एउटै मुद्दामा एक महिना अघि नै अर्थात असोज ६ मै पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेकाले म्याद मिलान हुँदा प्रहरी यथाशीघ्र अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने दवावमा छ । घटनाक्रम हेर्दा पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धान, पछि अरु थप चार सहकारीमा भएको अनियमितताको छानबिनसम्म पुगेको थियो ।

सूर्य दर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको हो । यो नै उनको अन्तिम बयान हुँदा फाइल बुझाउनुपर्ने दवावकै कारण प्रहरीले उनलाई पोखरा पुर्याइसकेको छ । प्रक्रियागत रुपमा हेर्दा त्यसपछि प्रमाणका आधारमा उनीमाथि लाग्ने मुद्धा सरकारी वकिल कार्यालयले अदालतमा पेश गर्ने छ ।

जसले उनी बाहिर निस्कने वा जेल जाने भन्ने प्रष्ट हुन धेरै प्रतिक्षा गर्नु नपर्ने अवस्था बनेको छ । यद्यपि अन्यत्र भने उनको मुद्धा क्रमशः जानेछ । यस्तै अनुसन्धानको दृष्टि र मानवअधिकार हनन् भएको भन्दै पाएको चर्चाले समेत रविका लागि अब वारपारको समय आउँदै छ । यहि कारण नेता कार्यकर्ताले उनी जाने स्थानमा प्रदर्शन चर्काउँदागृहमन्त्री रमेश लेखकले त भिडले न्याय नदिने भन्दै अनुसन्धान प्रभावित नपार्न चेतावनी नै दिएका छन् ।

अनुसन्धानका क्रममा रविले इन्कारी बयान नै दिएका छन् । उनको हस्ताक्षरसहितको चेक नै बरामद हुँदा र त्यसैलाई देखाएर बयान लिँदासमेत उनले आफूलाई केहि थाहा नभएको नै दोहोर्याएका थिए । यद्यपि प्रहरीले प्राप्त गरेको प्रमाणका आधारमा विकसित भएको नयाँ घटनाक्रम भनेकोउनले काटेको चेक फेला पर्नु नै हो । जहाँ लामिछानेले तीन वटा सहकारीमा ब्याज बापतको रकम तिर्न ४० वटा चेक काटेको तथ्य प्रहरीले फेला पारेको थियो ।

त्यस्तैकाठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबीको नाममा दुई पटक गरेर गाडी खरिद गर्न ४६÷४६ लाख रुपैयाँ ऋण प्रवाह गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । यसरी हेर्दा उनले मलाई थाहा छैन भनेकै कारण उम्किन सक्ने सम्भावना कमै हुँदा अन्य जिल्लाका प्रहरी कार्यालय, कास्की प्रहरीले अभियोजन प्रक्रिया अघि बढाएपछि मात्र उक्त प्रक्रियामा जाने मनस्थितिमा देखिन्छन् ।

जहाँ चितवनले अनुसन्धान शुरुमात्र भएको बताउँदा पर्सामा उनीमाथि पुरक अनुसन्धान भएको बताइएको छ । तथापी अव उनी छुटिहाल्छ कि थुनामै रहन्छन् त्यो भने यसै भन्न सकिने अवस्था छैन । विभिन्न जिल्लाको अनुसन्धानको स्थिति उल्लेख गरिएकै तयार हुने प्रतिवेदनका आधारमा मुद्धा दायर हुने भएकाले उनी छुट्छन कि थुनामै रहन्छन भत्यो भने अदालतकै निर्णयमा भर पर्ने छ ।

प्रमाण पुगेलामिछाने मुद्दासँगै जेल जानेछन् भनेनत्र छुट्नेमा कुनै शंका छैन । तर उनीविरुद्धका मुद्दामा आफैंले जारी गरेको चेक नै पर्याप्त प्रमाण हुने प्रहरीको दाबी छ । त्यस्तै उनीमाथि मुद्दा चलाउँदैमा सम्बन्धित सहकारीका अन्य आरोपित छुट्ने भन्नेसमेत हुँदैन । अर्थात फौजदारीसंहिता अनुसार पछि खुलेका अवस्थामा फेरि अनुसन्धान गर्ने गरी अघि बढाइने फाइलले लामिछानेलाई त्रास भने कायम राख्ने छ ।