लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०३ रनमा अलआउट भएको छ । लुम्बिनीको धारिलो बलिङलाई काठमाडौंको ब्याटिङ लाइनअपले धान्न सकेन । लुम्बिनीका लागि भीम सार्कीले ४० बलमा सर्वाधिक ३१ रन बनाए । काठमाडौंका ब्याट्सम्यानले ६२ डट बल खेलेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
Breaking
प्रतिक्रिया