काठमाडौँ – कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग ९एनपीएल० एनपीएलमा चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले रोहित र साद विन जफरको शतकीय साझेदारीमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।
रोहितले अन्तिम ओभरमा आउट हुनुअघि ५७ बल खेल्दै ८० रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे । रोहित एनपीएलमा दुई अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी र समग्रमा दोस्रो खेलाडी बने । यसअघि चितवन राइनोजका इंग्लिस खेलाडी रवि बोपाराले दुई अर्धशतक प्रहार गरेका छन् । यस्तै विन जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए ।
रोहित र विन जफरले पाँचौ विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । एनपीएलमा पाँचौ विकेटका लागि भएको यो पहिलो शतकीय साझेदारी हो भने समग्रमा पाँचौ शतकीय साझेदारी हो ।
प्रतिक्रिया