Breaking

देशमा अस्थिरता मच्चाउनेले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए : प्रधानमन्त्री


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अस्थिरता मच्चाउनेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएको बताएका छन्।

झापाको गौरादह नगरपालिकामा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको संयुक्त सरकारले ढुक्कसँग काम गरिरहेको र १८ महिनापछि कांग्रेससँगको समझदारीअनुसार सत्ता हस्तान्तरण गर्ने पनि स्पष्ट पारे।

उनले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने बताए ।

उनले साविक महारानीझोडा गाविसमा ४ हजार घरघुरीका करिब ८ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो।