Breaking

रविमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखायो : अध्यक्ष प्रचण्ड


काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रविमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उनले आग्रह गरेका छन् ।

सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कातिक २ गते पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ ।