काठमाडौं । नेपाली कांग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने पार्टीको धारणा अहिले पनि कायमै रहेको जनाएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौताले अनुदान लिने बाटो बन्द नगरेको बताएकाछन् ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको सम्झौतामा पनि अनुदानको पहल गर्ने समझदारी अनुसार नै फ्रेमवर्कमा हस्ताक्षर भएको बताए ।
यस्तै कांग्रेस कार्यसम्पादन समिति बैठकले गण्डकीमा रिक्त सांसदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ । समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो । कांग्रेस सांसद विमला गौचनको मृत्यु भएका कारणले अर्को व्यक्तिलाई सांसद बनाइएको हो ।
कांग्रेसले स्थानीय तह उपनिर्वाचनको नतिजा सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया