रवि लामिछानेमाथि सरकारले मानवअधिकार विरोधी कार्य गरेको भन्दै रास्वपा यो मुद्धा अन्तराष्ट्रियकरणमा लागेको छ । सत्तारुढ दलकै नेता देखि विपक्षीले दिएको साथ र रविप्रति बढ्दै गएको सहानुभूतिले यो अवस्था सिर्जना भएको हो । जसले सरकारमाथि दवाव सिर्जना हुदाँ कसरी बन्दै छ त रविप्रतिको माहोल ?
दिनभर वयान दिएका रवि लामिछानेलाई मध्यरातमा अपरहण शैलीमा प्रहरीले गरेको व्यवहारलाई राष्ट्रिय स्वतन्त्र पार्टिले मुद्धा बनाएको छ । पछिल्लो समय केहि सुस्त देखिएको पार्टिले यसलाई मानवअधिकार विरुद्धको कदमका रुपमा अघि बढाँउदा विपक्षी देखि सत्तारुढ दलकै साथ समेत पाएको हो । शुरुमा रविपत्नी नितिक पौडेललाई अघि सारेर राष्ट्रिय मावन अधिकार आयोगमा मुद्धा हाल्न लगाएका रास्वपा नेताहरुले अहिले पार्टिलाई समेत यसमा अघि सारेका छन् । फलत ः रविप्रति प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै रास्वपाले पार्टिगत रुपमा समेत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
रास्वपाले राज्य संयन्त्रद्वारा नियोजित रुपमा सञ्चारमाध्यमहरुको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न भइरहेको गुनासो गरेको छ । अनुसन्धानको क्रममा रहेका विषयका गोप्य कागजातहरु गैरकानुनी रुपमा मिडियालाई उपलब्ध गराएर आमजनतालाई दिग्रभ्रमित बनाउने कार्यमा प्रहरी प्रशासन लगायत राज्यका निकाय सक्रिय रहिआएको पार्टीको आरोप छ । जहाँ नेपाल समाजवादी पार्टि नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले त रविलाई भेटेरै उनीमाथि अन्याय भएको बताईसकेका छन् । उनले रविमाथि राज्य आंतकविरुद्ध आफ्नो ऐक्यवद्धता भएको बताउँदा रवि भेट्न पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गरेका छन् ।
यतासत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले समेत रविमाथि अमानविय कार्य भएको बताएका छन् । नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउँदै उनले अदालतले आफ्नो प्रक्रियामाथि प्रश्न नभएकोपनि प्रहरीको व्यवहारप्रति भने आपत्ती जनाएका हुन् ।
यो बीचमा मानव अधिकारकर्मीको टोलीले समेत रविलाई भेटेका छन् । जहाँ रविले चितवन प्रहरीले गरेको अमानवीय हर्कत देखेर पहिलो पटक आत्तिएको बयान दिएका छन् । जसले मेरो रक्तचाप बढेको महसुस भइरहेको बताएका उनले आफूलाई कहाँ पुर्याउँछन् र के गर्छन् भन्ने एकदमै शंका लागिरहेको बताएका थिए । यसले रविप्रति चितवन प्रहरीको हर्कतको हद प्रष्ट हुँदा पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा उनको ब्लड प्रेसर १८०÷८० पुगेको र उनको ज्यानै जोखिममा परेको भन्दै रास्वपा नेताहरुले संसदिय समितिमै गुहार मागेकाछन् ।
यसले शान्तीसुरक्षाका लागि मात्र उनलाई सारिएको प्रहरीको वहानामाथि प्रश्न उठ्दा अदालतले समेत यसप्रति चासो देखाएको छ । पोखराको अदालतले लामिछानेलाई छैटौँपटक हिरासतमा राख्ने म्याद थप गर्ने क्रममा उनकोमानव अधिकारको विषयमा पनि ख्याल गर्न प्रहरीलाई सचेत गराएको हो । त्यस्तै अदालतले लामिछानेको स्वास्थ्योपचार गरी कागजात पेश गर्न आदेश समेत दिएका छन् । जसले सरकारमाथिको दवाव वढ्दै गएको प्रष्ट हुँदा माओवादी भने मौन रहँदै आएको छ । यद्यपि हिरासतको अन्यायवारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चासो राख्दा आफैले जाने कि अरु नेतालाई पठाउने भन्नेमा उनी निश्चित भईसकेको छैनन् । यसले हौसिएको रास्वपाले यो मुद्धालाई कसरी अघि बढाउँछ चासो देखिन्छ ।
हुन त यसको चितवन प्रहरीले खण्डन गरेको छ । रविकै सुरक्षाका लागि यो बाटो रोजिएको विज्ञप्तीमार्फत प्रहरीले दावी गर्दा दर्जनौ प्रश्न प्रहरीमाथि छन् । जहाँ रविको पक्षमा पहिलो पल्ट बलियो मुद्धा पाएको रास्वपाले त यसैपनि यसलाई छोड्ने अवस्था छैन् । बरु सरकार दववमा परेको अवस्था पारेर प्रधानमन्त्रीलाई गृहजिल्लामै कालो झण्डा देखाउनेसम्मको तयारी रास्वाप कार्यकताले गरेको थिए । जहाँ राजनीतिक परिदृश्यमा बलियो बन्दै जाने रविको अवस्थाले समेत उनलाई पेलिरहने सरकारको काम आफैमाथि भार नपर्ला भन्न सकिदैन् ।
प्रतिक्रिया